चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको दुई वर्ष– सम्झौता कार्यान्वयनमा सिन्को नभाँची बित्यो समय !

लोकान्तर

काठमाडौँ
उद्धव थापा

नियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको आज ठीक दुई वर्ष पूरा भयो । दुई वर्षअघि आजकै दिन अर्थात २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिए । 

त्यसबेला चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण आफैँमा अभूतपूर्व उपलब्धि थियो । त्यतिमात्रै होइन, उक्त अवसरमा नेपाल र चीनबीच भएका सम्झौता र समझदारी कार्यान्वयन हुँदा नेपालको विकास प्रगतिले काँचुली फेर्न सक्ने खालका थिए र त्यसले दीर्घकालीन प्रभाव राख्न सक्थ्यो ।

तर, चिनियाँ राष्ट्रपति भ्रमण सकेर फर्केको दुई वर्ष बित्दा पनि ती द्विपक्षीय सम्झौता कार्यान्वयनले गति समात्न सकेन । सम्झौता कार्यान्वयनको क्षेत्रमा कामै नगरी दुई वर्ष खेर गएको छ । 

हुन त त्यतिबेला नै चिनियाँ राष्ट्रपति सीले नेपालको कार्यान्वयन क्षमता र गतिलाई संकेत गर्दै आगामी दिनमा त्यसमा ध्यान दिन घुमाउरो पारामा भनेका थिए । उनको त्यो अभिव्यक्तिमा सम्झौता गर्ने र प्राथमिकता दिन नसक्ने नेपालको कमजोरी अभिव्यक्त भएको थियो । 

प्रकाशित मिति: : 2021-10-11 18:48:00

प्रतिकृया दिनुहोस्