‘कमाण्डर’ शेरबहादुर– जसको कुशल व्यवस्थापनले भव्य बन्यो एमालेको विधान महाधिवेशन !

लोकान्तर

उद्धव थापा

नेकपा एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन आयोजना गर्‍यो। एमालेको आन्तरिक राजनीतिक जीवनमा यो सर्वथा नौलो अभ्यास थियो। हरेक राष्ट्रिय महाधिवेशनमा नै एमालेले विधि, विधान र विचारको बारेमा छलफल गर्दै आएको थियो।

नेतृत्व चयन गर्न महाधिवेशनमा विधि र विचारमा कम तथा नेतृत्व चयनमा बढी ध्यान हुने भएकाले नवौं महाधिवेशनमा एमालेले दुई महाधिवेशनको बीचमा विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। त्यसैको कार्यान्वयन एमालेको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रबाट गर्‍यो।

एमालेको विधान महाधिवेशनमा करीब ६ हजार ६ सय जना प्रतिनिधि सहभागी भए। ती प्रतिनिधिका सहयोगी, सवारी चालक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत गरेर सनराइज सम्मेलन केन्द्रमा प्रतिदिन करीब १० हजार मानिस सहभागी भएर तीन दिन कार्यक्रम आयोजना भयो।

यति ठूलो संख्यामा प्रतिनिधि सहभागी गराएर आयोजना भएको राजनीतिक दलको अधिवेशन यो पहिलो घटना थियो। त्यसमा पनि एउटा हलमा १० हजार जना मानिसका लागि खाने, बस्ने र अधिवेशन गर्ने कामको व्यवस्थापन असाध्यै कठिन थियो। 

प्रकाशित मिति: : 2021-10-11 15:22:00

प्रतिकृया दिनुहोस्