दसैँमा सधैँ पुरानै गीत, नयाँ आए भएनन् हिट

शिलापत्र

दिप्सन लुइटेल

वर्ष र दिनको रमाइलो चाड 
घरघरमा आइपुग्यो
नेपालीजनको महान् पर्व 
आँगनमा आइपुग्यो 
हो..... दसैँ आयो 
हो......दसैँ आयो।

मालश्री धुनपछि 'मुग्लान' फिल्मकाे याे गीतले दसैँकाे भान दिन्छ। परदेशीहरू गाउँ फर्केको, दसैँमा ठूलाबडाबाट टीकासँगै आशीर्वाद लिएकाे, पिङ खेलेकाे, गाउँमा उमङ्ग छाएको यस्तैयस्तै आभास दिन्छ याे गीतले। दसैँका बेला गाउँशहरमा धेरै बज्ने गीत हाे याे।

वर्षमा दिनमा लै-लै
हर्षका दिन यी लै-लै
दसैँ–तिहार चाड र बाड
खुसीले सारा भर्‍याे नि संसार
आ...हा....हा...हा...
खुसीले सारा भर्‍याे नि संसार।

सुगम पोखरेलको 'दसैँ–तिहार' बाेलकाे गीत पनि दसैँ–तिहारमा धेरै गुञ्जिने गीत हाे। परदेशी नेपालीकाे बेदना बाेल्ने याे गीतले नेपालमा मात्र हाेइन, प्रवासमा रहेका नेपालीहरूलाई समेत दसैँ सम्झाउँछ।

प्रकाशित मिति: : 2021-10-10 07:18:00

प्रतिकृया दिनुहोस्