बलबहादुरको घरमा भएको त्यो भूमिगत महाधिवेशन, जहाँबाट नेतृत्वमा उदाए मदन भण्डारी

नेपाल खबर

रमेश रूछेन राई

नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) २०३५ पुसमा स्थापना भएको थियो। स्थापनासँगै पार्टीभित्र देखिने वा नदेखिने दुवै स्वरुपका आन्तरिक कलह पनि सुरु भए। आफ्नै आङको मैलो पखाल्नु त थियो नै, राष्ट्रिय राजनीतिका केही महत्वपूर्ण सवाललाई पनि टुङ्ग्याउनुपर्ने थियो।

घटना र परिघटनाबीच एक दशक बितेको पत्तै भएन छ। पार्टी स्थापनाको झन्डै ११ वर्षपछि (२०४६ भदौ ९ देखि १४) राष्ट्रिय सम्मेलन आयोजना गर्यो। सो सम्मेलन वा भेलालाई नै चौथो महाधिवेशन भनियो।

किन चौथो? कसरी चौथो? पहिलो किन होइन?

कोअर्डिनेशन केन्द्र– कोकेभित्र पार्टी गठनबारे बहस हुँदा ‘नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्छ’ भन्ने मत पनि थियो। त्यो मत किनारा लाग्यो। ‘नयाँ पार्टीलाई नेकपाअन्तर्गत नै गठन गर्नुपर्छ’ भन्ने अर्को मतले मान्यता पायो- २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी नै नयाँ पार्टीको जग हुनुपर्छ।

नेकपा र त्यसका गतिविधिलाई आफ्नै पूर्ववर्ती इतिहास मान्ने र आफुलाई उत्तराधिकारीको रुपमा ठान्ने पनि थिए। नेकपाको समग्रता र निरन्तरतालाई लिएर अघि बढ्नुपर्छ भन्ने तर्क बलियो थियो। त्यसैले नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) जुरेको हो।

प्रकाशित मिति: : 2021-10-09 14:16:00

प्रतिकृया दिनुहोस्