बिहेपछिको दसैं त कहिल्यै रमाइलो लागेन!

सेतोपाटी

जुनी भण्डारी

'छ्या दसैं पनि आयो है' ल्यापटप झोलामा राख्दै प्रियाले भन्छे। 

'लौ किन छ्या नि? दसैं आउँदा खुसी लाग्या छैन तँलाई?' अचम्म मान्दै सोध्छु।

मतिर हेर्दै नहेरी झोलाबाट मोबाइल निकालेर समय हेर्छे अनि प्रिया बोल्छे- जति खुसी हुनु बिहे नहुञ्जेल भइयो, बिहेपछिको दसैं त कहिल्यै रमाइलो लागेन मलाई। 

हामी उसको अफिसबाट बाहिर निस्कियौं।

प्रिया एक निजी संस्थामा जागिर गर्छे। उसको आजबाट दसैं बिदा भएको थियो। अफिस बिदा भएपछि दसैंको किनमेल गर्न सँगै जाने सल्लाह भएको थियो हाम्रो। त्यसैले म उसलाई लिन त्यहाँ गएकी थिएँ। उसको कुरा अनि निराश अनुहार देखेर किनमेल गर्न जाने मनस्थिति नै बनेन। 

प्रकाशित मिति: : 2021-10-09 12:06:00

प्रतिकृया दिनुहोस्