हम जाएगा : दन्त्य कथाझैं बाँचेको एउटा पात्र

अनलाइनखबर

मन्दिरा खत्री

‘एकादेशमा एक जना हम जाएगा भन्ने मान्छे थियो।’ पूर्वी पहाडमा कुनैपनि चुट्किला यी पात्रबाट सुरु हुन्थ्यो। हम जाएगा यस्तो थियो, उस्तो थियो, यसो गर्‍यो, उसो गर्‍यो भनी नानाभाँती कथा हालेर हँसाउने टुक्का जोडिन्थ्यो।

कुनै चर्चित कमिक्सका पात्रभन्दा कम ख्याती थिएन उनको। सबैको मुख-मुखमा झुन्डिएका थिए, हम जाएगा। तर, उनी कस्ता थिए ? कसैलाई थाहापत्तो थिएन। उनी काल्पनिक पात्र हुन् वा वास्तविक व्यक्ति ? त्यो पनि धेरैलाई जानकारी थिएन। किनभने ‘हम जाएगा’को चुट्किला ‘रे’ को भरमै चलेको थियो।

जस्तो कि,

‘दार्जिलिङतिर एक जना हम जाएगा भन्ने ड्राइभर थियो रे। एक पटक सिलगुढीबाट दार्जिलिङ जाँदै गर्दा बाटोमा उनको गाडी दुर्घटना भएछ। गाडीका सबै जना यात्रु मरे, उनी बाँचेछन्। तब उनले जानीबुझी दुर्घटना गराएको भनी फाँसीको सजाय हुने भएछ।

प्रकाशित मिति: : 2021-10-09 11:03:00

प्रतिकृया दिनुहोस्