नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शितलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन्।

सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रकाशित मिति: : 2021-10-08 18:26:00

प्रतिकृया दिनुहोस्