देउवा सरकारमा ६० प्रतिशत नयाँ अनुहार 

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्मा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन्।

प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन्।

पहिलो पटक मन्त्री बनेकाहरूमा राजेन्द्र श्रेष्ठ, विरोध खतिवडा, देवेन्द्र पौडेल, उमा रेग्मी, शशी श्रेष्ठ, रामकुमार झाँक्री, गजेन्द्रबहादुर हमाल, महेश्वरजंग गहतराज, रामसहायप्रसाद यादव र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) रहेका छन्।

यस्तै राज्यमन्त्रीमा उमेश श्रेष्ठ, उमा श्रेष्ठ, भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव छन्।

 

प्रकाशित मिति: : 2021-10-08 17:19:00

प्रतिकृया दिनुहोस्