प्रधानमन्त्री देउवापछिकाे दाेस्राे वरियतामा खाँण, तेस्राेमा कार्की र चाैथाेमा भुसाल

सरकार गठन भएकाे करिब तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उपप्रधानमन्त्री भने कसैलाई बनाएका छैनन्। सत्ता गठबन्धनमा समीकरण मिलाउनका लागि उपप्रधानमन्त्री नबनाइएको बताइएको छ।

अब प्रधानमन्त्री देउवापछिकाे दाेस्राे वरियतामा गृहमन्त्री बालकृष्ण खाँण र तेस्राे वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनेछन्। त्यस्तै चाैथाे वरियतामा भने माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसाल रहने छिन्।



काे हुन् आपूर्तिमन्त्री बनेर एकाएक चर्चामा आएका गजेन्द्र हमाल ?

मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले पाए कुन मन्त्रालय ? (सूचीसहित)

प्रकाशित मिति: : 2021-10-08 16:37:00

प्रतिकृया दिनुहोस्