स्वास्थ्यमन्त्री बन्दै खतिवडा, झाँक्रीलाई पर्यटन मन्त्रालय, यी हुन् अन्य मन्त्रीहरू

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ।

एकीकृत समाजवादीको सचिवालयले शुक्रबार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको एक नेताले जानकारी दिए।

विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्। यसैगरी रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने छन् भने भवानी खापुङ राज्यमन्त्री बन्दैछन्।

जसअनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्।

प्रकाशित मिति: : 2021-10-08 14:17:00

प्रतिकृया दिनुहोस्