भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ: नेता चौधरी

File Photo
File Photo

सरकारले भोलि पूर्णता पाउने भएको छ। सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन्। ‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ।’

हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो। बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए।  सत्तारुढ तीन दलले एक/एक राज्यमन्त्री पाउने सहमति गरेका छन्।

प्रकाशित मिति: : 2021-10-06 18:29:00

प्रतिकृया दिनुहोस्