'एउटा घर-घडेरी जोड्न नसक्ने कस्तो जागिर खान्छौ?'

सेतोपाटी

काठमाडौं

'अरू विषयमा निकै लेख्छौ बहिनी! मेरो भोगाइजस्तै भोगाइ हुनेहरूको बारेमा पनि कलम चलाउन त...' केही समयअघि एक जना दाइले लेखको विषयवस्तु उठान गरे।

दाइको प्रस्ताव सहजै स्वीकारेँ। मुखियाबाट सरकारी जागिरमा पाइला चालेका ती दाइ अहिले अधिकृत भएका छन्। छोरो अधिकृत (गाउँघरको भाषामा भन्दा हाकिम सा'ब) बनेपछि छोरोभन्दा खुसी त बाउआमा बनेका थिए।

'अब छोरो अधिकृत भयो, सहरमा घर घडेरी जोडिहाल्छ, हामी बुढाबुढी एक्लै कति गाउँमा बस्ने? छोराले सहरमा लैजान्छ, अरू छिमेकीको जस्तै हाम्रो पनि सहरमा घर हुन्छ ....यस्तै यस्तै।'

अधिकृत नबनेसम्म बिहे नगर्ने दाइको अठोट थियो, अधिकृत बनेपछि मात्रै बिहे गरे। 'बिहेमा जतिसुकै खर्च कटौती गर्छु, बचाउँछु भन्दा पनि चार–पाँच लाख खर्च भयो' कुरैकुरामा दाइले सुनाए। 

प्रकाशित मिति: : 2021-10-06 17:01:00

प्रतिकृया दिनुहोस्