पछि हटे ईश्वर पोखरेल : ओलीकै आवश्यकता देखियो, उहाँलाई सघाउन म तयार छु (भिडियो अन्तर्वार्ता)

शिलापत्र

काठमाडौँ

नेकपा एमालेको विधान महाअधिवेशन हालै सम्पन्न भएको छ । विधान अधिवेशनले ७० वर्षे उमेर हदको व्यवस्थालाई प्रस्ट्याउँदै केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने नीति पारित गरिसकेको छ । यस्तो अवस्थामा बसुन्धारा भेलामार्फत अध्यक्षमा दाबेदारी दिने संकेत गरेका महासचिव ईश्वर पोखरेलले  अब के गर्लान् ? के उनी ज्येष्ठ कम्युनिस्ट मञ्चमा उभिन तयार भएका हुन् ? विधान अधिवेशनमा देखिएका दृश्यले एमाले अब नेतृत्वको केन्द्रीकरणको अभ्यासमा लागेको भन्न किन मिल्दैन ? नेतृत्वबाट बारम्बार प्रताडित पोखरेल नेतृत्वलाई सघाउन किन अग्रसर छन् ? लगायतका प्रश्न शिलापत्रका प्रधानसम्पादक बसन्त बस्नेतले एमालेका महासचिव ईश्वर पोखरेललाई सोधेका छन् ।

नेकपा एमालेले भर्खरै विधान महाविधेशन गरेको छ । पहिलोपटकको अभ्यास कस्तो रह्यो ?

पहिले हामी महाधिवेशनबाटै नीति र नेतृत्व पारित गर्थ्यौं । नवौँ राष्ट्रिय महाधिवेशनबाट हामीले विधान अधिवेशनको व्यवस्था गर्‍यौँ । नीति र विधि पास गर्ने र त्यसले मार्गनिर्देश गरेअनुसार पार्टीको नेतृत्व चयन गर्ने वैधानिक व्यवस्थालाई हामीले कार्यान्वयन गरेका हौँ । पार्टीको नीति पारित भइसक्यो, अब त्यसकै आधारमा नेतृत्व चयन हुन्छ ।

यो बीचको समयलाई यहाँले कसरी लिनुभयो ? अब त माओवादीबाट आएका नेताहरू पनि हुनुहुन्छ, उहाँहरूसमेतको अधिवेशन कस्तोकस्तो लागेन ?

३ जेठ २०७५ देखि २०७७ फागुनसम्मको अवधि शून्य अवधि हो । माओवादी र एमालेको एकता कम्युनिस्ट आन्दोलनको एकता चाहने कार्यकर्ताहरूको मनोविज्ञान र जनताको भावनाअनुसार भएको थियो । एकतामा त होइन, तर प्रक्रियामा भने मेरा धेरै प्रश्नहरू छन् । कताकता अलमलजस्तो भयो, विचारमा अलमल नेतृत्वमा अलमल ।

प्रकाशित मिति: : 2021-10-05 21:52:00

प्रतिकृया दिनुहोस्