‘गोरे’को अन्तरकथा: नेपाली सेनाको जागीरदेखि खुङ्खार सुन तस्करसम्म 

file photo
file photo

मोरङ जिल्ला अदालतबाट ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या काण्डमा मंगलबार मुख्य दोषी ठहर भएका चुडामणि उप्रेती ‘गोरे’ मोरङ, उर्लाबारीको मध्यम वर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन्। उनका पिता नेपाल नेपाल प्रहरीका असई थिए।

हाल ३६ वर्ष पुगेका गोरेले उमेरमा भारतीय सेनामा भर्ती हुने रूचि देखाएका थिए। प्रयास पनि गरे तर भारतीय सेनामा भर्ति हुन सकेनन्। भारतीय सेनामा भर्ति हुन नसकेपछि नेपाली सेनामा भर्ना भए। तालिम पनि गरे तर उनी सेनामा भने टिकेनन्। बीचैमा छाडे।



 ‘गोरे’ लाई जन्मकैद, प्रहरी अधिकारीले पाए सफाइ

डीआईजी लोहनी, सइ सञ्जेललगायतले पाए सफाइ



सेनाको जागिर छाडेर उनी रोजगारीका लागि सयुक्त अरब इमिरेट्स् (यूएई) गए। दुबई प्रहरीमा जागिर पनि खाए। दुबई प्रहरीमा जागिर गर्दै गरेका बेला उनले सुरुमा हुण्डीको कारोबार थाले। त्यसका लागि आफूसँगैका साथीहरुको रकम सङ्कलन गरेका थिए।

हुन्डीको कारोबार फस्टाउँदै गएपछि उनले दुबई प्रहरीको जागिर छाडे। त्यतिन्जेल उनको दुबईबाट नेपाल सुन पठाउनेहरुसँग 'कनेक्सन' बनाइसकेका थिए।

गोरेले केही समय दुबईमै बसेर नेपालमा सुन पठाउने काम गरेका थिए। बिस्तारै उनको सञ्जाल बढ्दै गयो। त्यसपछि उनी नेपाल फर्किए– त्यहाँको जागिर छाडेर। नेपालमा आएर उनले सञ्जाल विस्तार गरे। त्यसपछि उनलाई काठमाडौं–दुबई आउजाउ पानीपधेरोजस्तै भयो।
गोरेले बिस्तारै दुबईबाट सुन पठाउनेहरुलाई 'साइड' लगाउन थाले। उनलाई चिन्नेहरुका अनुसार, उनले यतिसम्म गरे कि दुबईबाट सुन पठाउनेहरुको नजिक हुन सूचना लिने र नेपाल प्रहरीलाई दिने अनि सुन सामाउन लगाउने र उनीहरुको ठाउँ आफूले ओगट्नेसम्मको काम गरे।०७१ सालमा विमानस्थलबाट बरामत भएको ३३ किलो सुनमा पनि गोरेले व्यापक चलखेल गरेका तथ्यहरु छन्।

गोरेले तत्कालीन डीआईजी नवराज सिलवालसँग मिलेर तस्करीमा मुछिएकालाई उम्काउनेदेखि मन नपरेकालाई मुछ्नेसम्मका काम गरेका थिए। त्यति बेला पनि गोरेको संलग्नता हुँदाहुदै उनलाई उन्मुक्ति दिइएको थियो।त्यसपछि उनी झनै हावी भए।

गोरेले बिस्तारै उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महङ्गा उपहार दिए। स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गर्न थाले। ०७४ काे स्थानीय तहकाे चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको खुल्न आएको छ।

३८ क्विन्टल सुन काण्डः सरकारी वकिलको बहस सकियो, मंगलबारदेखि प्रतिवादी कानून व्यवसायीको बहस

प्रकाशित मिति: : 2021-10-05 21:26:00

प्रतिकृया दिनुहोस्