एमालेको नाराबाजीबीच संसद् बैठकमा दलित आयोगको प्रतिवेदन पेस

अर्को बैठक असोज २२ मा 

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन्। मंगलबारको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरूले नाराबाजी गरेका हुन्।

उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन्।

प्रतिनिधिसभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-10-05 13:29:00

प्रतिकृया दिनुहोस्