कमल विक
नेपाली चलचित्र क्षेत्रका सक्रिय कलाकार हुन्– विशाल पोखरेल। विभिन्न सिरियलदेखि लिएर फिल्महरूमा अभिनय आएका उनले हालसम्म छ वटा फिल्ममा काम गरिसेका छन्।
केही सयम फिल्म उद्योगबाट टाढा रहेका उनी यतिबेला आफ्नाे नयाँ फिल्म रिलिजकाे तयारीमा छन्। जसकाे नाम हाे ‘एक’। विजय दशमीको अवसर पारी फिल्म ‘एक’ सिम टिभी, डिसहाेम, नेट टिभी लगायतका डिजिटल प्लेटफर्म मार्फत् यही असोज २१ (बिहीबार) गतेबाट रिलिज हुँदैछ।
मनोज पण्डितको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रमा विशालसँगै प्रमोद अग्रहरी, ज्योत्सना योगी लगायतका कलाकारको अभिनय रहेको छ। राजनीति पृष्ठभूमिमा रहेर बनेको उक्त फिल्म नेपाली भूमिमा विदेशी शक्तिहरुले गर्ने चलखेलकाविरुद्ध रहेको अभिनेता निर्माण पक्षले बताएकाे छ।
चीन र भारतको बीचमा रहेको नेपाललको भूगोललाई अस्थिर बनाएर विदेशी शक्तिहरुले यहाँबाट आफ्नो स्वार्थ पूरा गर्नका लागि गर्ने चलखेलको खुलासा ‘एक’ फिल्ममा भएकाे कलाकार पाेखरेलले बिएल नेपाली सेवासँग बताएका छन्।
‘पहिले हिमाल, पहाड, तराई भन्थ्यौँ, अहिले मधेश भन्ने शब्द कहाँबाट आयो ? त्यहाँ हामीलाई शंका लाग्याे यसकाे पछाडि अरु के–के कारण छन्।’ अभिनेता पोखरेलले भने,‘सुरक्षा निकायले जे काम गरिरहेकाे छ, त्यसबाट मात्रै राष्ट्रियता सुरक्षित हुन सक्छ त ? भन्ने प्रश्न वाचक चिन्हले झकझकायो अनि हामीले बुझ्दै जादाँ एउटा कथा अगाडि आयो जुन ‘एक’ फिल्ममा छ।’
अभिनेता पोखरलले यो फिल्म निर्माण गर्नको लागि आफूलाई करिव पाँच वर्ष लागेको बताएका छन्। ‘त्यसको लागि डेढ वर्ष त मैले कमाण्डोको तालिम गरेँ, १२ केजी ताैल घटाउनु पर्याे’ उनले भने।
अहिले पनि नेपालमा कोरोना संक्रमणको जोखिम कायमै छ। सरकारले फिल्म हल सञ्चालनमा अनुमति दिए पनि निर्माताहरुले फिल्म रिलिज गर्ने आँट गरेका छैनन। तर, नेपालको बिग्रदाे परिस्थितिलाई ध्यानमा राखी याे फिल्म ठूलाे जाेखिमका बीच डिजिटल माध्यमबाट रिलिज गर्न लागिएकाे छ। फिल्म रिलिजकाे केही समय बाँकी रहँदै हामीले यस फिल्मकाे बारेमा अभिनेता बिशाल पाेखरेलसँग कुराकानी गरेका छाैँ। प्रस्तुत छ उक्त कुराकानी ः
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया