कम्युनिस्टहरूले देश चलाउन सकेनन्: रमेश लेखक

Photo: NK
Photo: NK

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कम्युनिस्टहरूले देश चलाउन नसकेको बताएका छन्।

कांग्रेस दोधारा-चाँदनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले एमालेले जनमतको उपेक्षा गरेर देश र जनतालाई धोका दिएको आरोप लगाए।

स्थिरता र विकासका लागि कांग्रेसको आवश्यकता भएको र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसले सरकारको नेतृत्व गरेको लेखकको भनाइ थियो।

यसैबीच उक्त कार्यक्रममा ३०० जना कांग्रेसमा प्रवेश गरे। नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरूलाई नेता लेखकले कांग्रेसको साधारण सदस्यता प्रदान गरेर स्वागत गरे। नेता लेखकले नवप्रवेशीलाई कुनै काखापाखा नगरी सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता पनि जनाए।

प्रकाशित मिति: : 2021-10-04 20:00:00

प्रतिकृया दिनुहोस्