विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता 

Photo-NK
Photo-NK

नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो।

निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए।

पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ। निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन्।

तीनै नेताले एक अर्कालाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2021-10-04 16:08:00

प्रतिकृया दिनुहोस्