त्यसपछि लेखक बीएस राईले १५ वर्षदेखिको प्रहरी सेवा छाडे

भन्छन् : आफ्नै संस्कृतिको हत्यारा बनिरहन मन लागेन

नेपाल खबर

समर्पण श्री

‘...मैले आज प्रहरी सेवा त्यागेँ। राजीनामा दिएँ। बाँचुन्जेललाई हुने आयस्रोतको बाटो आफैँले बन्द गरेँ। तैपनि पश्चाताप छैन। गाउँ फर्किँदै छु। समाजका लागि केही सिर्जनात्मक योगदान गर्नेछु। थोरै भए पनि आत्मसन्तुष्टि नै मिल्छ। सन्तुष्ट– यसर्थ अब गाई काट्नेलाई समात्न हतकडी बोकेर जानु पर्दैन। आफ्नै सांस्कृतिक हत्यारा बन्नुपर्दैन...’ नेपाल प्रहरीमा १५ वर्ष २ महिना २ दिन बिताएका कथाकार बीएस राईले सामाजिक सञ्जालमा यस्तो भावुक स्टाटस लेखे। 

झण्डै १२ दिनअघि मकवानपुरमा गाई काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गर्‍यो। त्यस घटनाले प्रहरी सेवामै सब-इन्स्पेक्टर (सई) को भूमिकामा रहेका बीएस झस्किए। कारण, चाहे बीएसको समुदाय होस् वा तामाङ समुदाय। उनीहरूको संस्कृतिमा गाई काट्नु स्वीकार्य छ।

‘मैले उनीहरूलाई हतकडी लगाउनुपर्याे भने हात काँप्नेछन्। म पनि त्यही सांस्कृतिक सम्प्रदायको मान्छे हुँ। म आफ्नै संस्कृतिको हत्यारा कहिलेसम्म बनिरहुँ। जबकि प्रहरीमा जस्तो आदेश आउँछ त्यो गर्नुपर्छ,’ बीएसले भने।

प्रकाशित मिति: : 2021-10-03 11:37:00

प्रतिकृया दिनुहोस्