नेपाल भारत सम्बन्ध: ‘एस जयशङ्करले संविधान जारी हुने बेलामा नेपाली नेताहरूले भनेजस्तो हेपाहा व्यवहार देखाएका थिएनन्’

बिबिसी

काठमाडौँ

नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले ६ वर्षअघि नेपालले नयाँ संविधान जारी गर्नु अघि भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर काठमाण्डू आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशङ्करले नेपाली नेताहरूसँग गरेका छलफलबारे मुख खोलेका छन्।

उनले नेपाली नेताहरूले भन्दै आएझैँ जयशङ्करले नेपाली नेताहरूसँग नराम्रो व्यवहार नगरेको हालै प्रकाशित आफ्नो पुस्तकमा लेखेका छन्।

संविधान जारी हुनुअघि र त्यसपछि नयाँ दिल्लीले अपनाएको नीतिको अझै पनि काठमाण्डूमा आलोचना हुने गरेको छ।

त्यस बेला नयाँ दिल्लीले नेपाललाई संविधान जारी गर्ने प्रक्रिया रोक्न भनेको र हाल भारतको विदेशमन्त्री रहेका तत्कालीन भारतीय विदेश सचिव एस जयशङ्कर 'निक्कै कडा रूपमा प्रस्तुत भएको' नेपाली नेताहरूले उल्लेख गर्ने गरेका छन्।

तराइ केन्द्रित दलहरूले प्रस्तावित संविधानलाई लिएर जनाइरहेको असन्तुष्टि माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतले ल्याएको सुझावलाई अस्वीकार गरिएपछि नेपालमा नाकाबन्दी लगाइएको नेताहरूले बताउने गरेका छन्।

प्रकाशित मिति: : 2021-10-02 19:59:00

प्रतिकृया दिनुहोस्