दार्जिलिङ चौरस्ताको फलामे चौतारीमा सुस्ताउन लागेका बेला विराटनगरका विकेश पोख्रेल काल्लिए- ‘आम्बो ज्ञ कत्रो भिर रैछ। हृयाँको मान्छे भिरको टुप्पामा यसरी रातदिन बस्न नि डराउँदैन कि क्या हो ?’
विकेश सधैं यस्ता शब्द बोल्दैनन्। इलामको पशुपतिनगर कटेर फाटक टेक्नेबित्तिकै उनलाई सुरुमै गढेको शब्द हो -आम्बो ! फाटकबाट दार्जिलिङका लागि आफू चढेको गाडीका चालक कुनै नयाँ कुरा सुन्यो कि निकै अचम्म मानेर उही शब्द दोहोर्याइहाल्थे- आम्बो हो र ! आम्बो कहिले हौ !
अनि, हृयाँ (यहाँ), रैछ (रहेछ) जस्ता शब्द उनका लागि नौला थिए।