मेकअपविनाकी हिरोइन !

अभिनेत्री साई पल्लवीले फेयरनेस क्रिमको दुई करोडको अफर नै अस्वीकार गरिन्

अनस्क्रिन होस् या अफस्क्रिन, प्रायः अभिनेता अभिनेत्रीहरू मेकअपविना बाहिर देखिँदैनन्। अधिकांशले सुन्दर देखिन मेकअपको सहारा लिन्छन्। मेकअप आर्टिस्टहरू, कलाकारहरूलाई सुन्दर देखाउन लागिपरिरहेका हुन्छन्। सेलिब्रिटीहरूका लागि ‘ग्ल्यामर लुक’ व्यक्तित्व झल्काउने मुख्य अस्त्र बनिसकेको छ। ठूलो पर्दामा देखिँदा होस् या सामाजिक सञ्जालमा, सेलिब्रेटीहरूको लुकले समाजको ठूलो हिस्सा प्रभावित भइरहेको हुन्छ। फ्यान फलोअर्स बढाउन र फलोअर्समाझ आफूलाई टिकाइराख्न पनि प्लास्टिक सर्जरी गर्नेदेखि बडी मेन्टेनका लागि अनेक उपाय अपनाउनु सेलिब्रेटीका लागि सामान्य बनिसकेको छ। 

कतिसम्म भने समाजमा मेकअपविना पनि सुन्दर हुन सकिन्छ भन्ने धारणा लगभग हराइसकेको छ। तर, ग्ल्यामर क्षेत्रमै केही यस्ता कलाकार छन्, जसले बजारले स्थापित गरेको मानकभन्दा पर पनि सुन्दरताको परिभाषा हुन्छ भन्ने प्रमाणित गरेका छन्। जसमध्ये बजारिया सुन्दरताको मानकलाई नटेर्ने एक पात्र हुन्, साउथ इन्डियाकी २९ वर्षीया चर्चित अभिनेत्री साई पल्लवी।

प्रकाशित मिति: : 2021-10-02 10:05:00

प्रतिकृया दिनुहोस्