प्रचण्डले कम्युनिष्ट आनदोलनको धज्जी उडाए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु अहिले अग्निपरीक्षामा रहेको बताएका छन्।

गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै ओलीले नेता र कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन्।

उनले प्रचण्डलाई कटाक्ष गर्दै नेपाली कम्युनिष्ट आनदोलनको धज्जी उडाएको बताए। 

ओली भने, 'भारतले नाकाबन्दी गर्दा मैले सावधानी कदम नचालेको भए आज देउवा र प्रचण्डसँग पैसा भएपनि चामल नपाउने अवस्था हुन्थ्यो।’

देउवा र प्रचण्डले बाह्य हस्तक्षेपलाई झन संरक्षण गरेको उनको दाबी छ।

२०७५ जेठ ३ गते गरिएको एकता वास्तवमा एमालेकै गल्ती रहेको आलीले बताए।

उनले भने माओवादीसँग एकता त गरियो, तर हामीलाई के थाहा माओवादी यति घातक रहेछ। हुन त हजारौँ मानिसको हत्या गर्नेहरुकै पार्टी त हो।’

प्रकाशित मिति: : 2021-10-01 14:54:00

प्रतिकृया दिनुहोस्