एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन्।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता साह सहभागी नहुने भएका हुन्।

आफ्नो मागको विषयमा पार्टी नेतृत्वले वेवास्ता गरेको भन्दै नेता साहले महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको बताएका हुन्।

८बुँदे प्रस्ताव राखेका साहले बिहीबार एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका नेताहरुसँग छलफल गरेका थिए । तर सहमति नजुटेपछि विधान महाधिवेशनमा आफूहरु सहभागी साहले बताएका हुन्।

प्रकाशित मिति: : 2021-10-01 13:03:00

प्रतिकृया दिनुहोस्