क्वाड गठबन्धन: चीनसँग 'नयाँ शीत' युद्धको तयारी

Armynow.net
Armynow.net

चीनलाई दबाब दिन अस्ट्रेलिया, अमेरिका र बेलायतबीच 'अउकस' साझेदारीको घोषणा भएकाे एक सातापछि नै अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा अघिल्लो शुक्रबार अमेरिका, अस्ट्रेलिया, जापान र भारतद्वारा अर्को गठबन्धनको घोषणा भएको छ– 'क्वाड' (क्वाड्रिलाटेरल सेक्युरिटी डाइलग)। जसको नेपाली अर्थ हुन्छ– 'चतुर्भुज सुरक्षा संवाद'।

क्वाडमा आवद्ध चार देशका राष्ट्रप्रमुखहरूले पहिलोपटक एकै ठाउँ भेला भई 'क्वाड'लाई परिभाषित गरी आगामी पुस्ताका लागि महान् विश्व-शक्तिको स्थापना गरे।

उक्त वार्तामा 'चीन' शब्द कसैले उच्चारण नगरे पनि चीनलाई 'प्रतिबन्धित' गर्ने एजेण्डा भने अन्तरमनमा चारै देशका राष्ट्रप्रमुखले बोकेका थिए। ७२ वर्षअघि तत्कालीन सोभियत संघलाई दबाब दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को स्थापना भए जसरी नै 'क्वाड' को मुख्य उद्देश्य पनि चीनलाई दबाब दिनु हो।

नेटोका सदस्य मुलुकले सोभियत संघको सैन्य शक्ति र हातहतियारलाई सङ्ख्यामा उछिनेझैँ क्वाडमा भएका देशले पनि चीनलाई सङ्ख्यामा उछिन्ने छ।

पश्चिमी मिडियाहरूले चीनलाई संसारको सबैभन्दा ठूलो नौसेना भएको देश भनी प्रचार गर्ने गरेका छन्। चीनमा भएका सबै खेलौना र माछा मार्ने डुङ्गाको गणना गर्ने हो भने मात्र पश्चिमी मिडियाहरूले गरेको उक्त दाबी सत्य हुने बैंककपोष्टले उल्लेख गरेको छ।

वास्तविकता भने अर्कै छ। क्वाडको तुलनामा चीनसँग केवल एक-छथाई (छ भागको एक भाग) मात्र नौसेना रहेको छ। चीनसँग हवाईजहाज बोक्ने डुङ्गा दुईवटा मात्र छ तर क्वाडका चार सदस्य राष्ट्रसँग पन्ध्र वटा हवाईजहाज बोक्ने डुंगा रहेको छ। अनि चीनसँग १२ वटा परमाणु सञ्चालित पनडुब्बी हुँदा क्वाड सदस्यहरुसँग ६९ वटा परमाणु सञ्चालित पनडुब्बीहरु छ।

सैन्य शक्तिको तुलना गर्दा चीन 'क्वाड' भन्दा निकै कमजोर छ। ऊ विश्वमाथि आफ्नो हैकम चलाउन अझै तयार छैन। चीनका नेताहरु आफ्ना विचारधारा विश्वभरि फैलाउन आतुर देखिँदैनन्।

शायद्, उनीहरु आफ्नो विचारधारामाथि आफैँ विश्वास गर्दैनन्। 'कम्युनिजम' एकल-पार्टी अधिनायकवादी विचारधाराको एउटा बहानामात्र हो। चीनको वर्तमान अर्थव्यवस्था भने 'चिनियाँ विशेषता' भएको पुँजीवाद हो।

'क्वाड'को उद्देश्य पनि आफ्नो विचारधारा विश्वभरि फैलाउनु हैन। 'क्वाड'मा भएका चारै देशका शासन प्रणाली लोकतान्त्रिक हुन्।

'स्वतन्त्रता', 'लोकतन्त्र', मानवअधिकारको ढोल पिटेर जोसँग पनि युद्ध गर्न जाने अमेरिकाको लागि एकदम सामान्य भइसकेको छ। चीनसँग केही लेनदेन नभएका यूरोपेली, ल्याटिन अमेरिकी र क्यानाडाजस्ता लोकतान्त्रिक राष्ट्रहरु क्वाडमा सामेल हुन चाहँदैनन्।  

चीनसँग सीमा विवाद परिरहने चीनको तुलनामा अलि कमजोर राष्ट्र इण्डिया र जापानको लागि अमेरिकासँगको साझेदारी एउटा सहुलियत बीमा जस्तो हो।

पश्चिममा रहेको एक मात्र विभाजित पश्चिमी राष्ट्र अस्ट्रेलियाका लागि अमेरिकासँगको उक्त साझेदारी बेलायती साम्राज्यको अन्त्यपछि आफ्नो रक्षा नीतिको एकमात्र आधार हो।

चार देशबीच शुक्रबार भएको गठबन्धन 'समाजवाद' र 'स्वतन्त्रता' का लागि होइन। उक्त गठबन्धनको उद्देश्य केवल विश्वसामु आफ्नो शक्तिको प्रदर्शन गर्नु मात्र हो।

अमेरिका र तत्कालीन सोभियत सङ्घबीचको 'शीत युद्ध' एक विश्वयुद्धमा परिणत भएन। सोभियत युनियनलाई 'नेटो' ले दबाब दिँदै गर्दा सोभियत सङ्घको अर्थ–व्यवस्था पतन भएको कारणले अमेरिकासँग अनावश्यक युद्ध निम्त्याउन सकेन। सोभियत सङ्घ जसरी चीन पतन हुने सम्भावना निकै कम छ तर चीनको अर्थ–व्यवस्था पहिलेको जस्तो छिटो विकास भइरहेको छैन।

तर यदि चीनले ताईवानमाथि हमला गर्ने हो भने अहिलेको अवस्थाले अर्कै मोड लिने छ। हङ्कङप्रति चीनको क्रूरता, सिन्जियाङ्ग क्षेत्रमा उइगरहरुमाथिको दुर्व्यवहार र इन्डियन बोर्डरमा चिनियाँ हस्तक्षेपजस्ता कारणले 'क्वाड' गठबन्धन निम्त्यायो तर यस्ता कारणले अन्तर्राष्ट्रिय व्यवस्थामा कुनै असर पार्दैन।

प्रकाशित मिति: : 2021-09-29 18:54:00

प्रतिकृया दिनुहोस्