पानी नचल्ने बाहुन!

नेपाल खबर

काठमाडाैं
File photo
File photo

कथित उच्च जातकी केटीसँग प्रेम गरेकै कारण रुकुममा प्रेमी नवराज विक र  उनका ५ साथीसमेतको बीभत्स हत्या गरिएको थियो। म ‘नागरिक’ दैनिकको विचार पृष्ठ सम्पादनको काम गर्थें।

छेउमै समाचार डेस्कमा काम गर्ने एक जना सहकर्मी थिए, जो ‘जात’ले ब्राह्मण थिए र पेसाले मभन्दा ‘वरिष्ठ’। प्रसंगवश उनले अलि आक्रोशित (सम्भवतः उनको शैली नै त्यस्तो हो) मुखाकृतिमा मलाई अर्ती दिए, ‘दलित भन्ने शब्दै हटाउनुपर्छ।’

यति मात्र होइन, उनले यस विषयमा लेखेको लामो लेखको ‘लिंक’ पनि तत्काल मेल गरिदिए।

निश्चित समयभित्र पत्रिकाको पृष्ठ सम्पादकलाई बुझाइसक्नुपर्ने बाध्यताका कारण तत्कालै उनको लेख पढ्ने तथा उनीसँग थप बहस गर्न सकिने अवस्था थिएन। त्यही भएर यत्ति मात्र सोधें, ‘रुकुम हत्याकाण्डका विषयमा यहाँको धारणा के छ?’

प्रकाशित मिति: : 2021-09-28 10:57:00

प्रतिकृया दिनुहोस्