एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनकाे लागि गठित कार्यदलकाे संयाेजकमा भीम रावल

File photo
File photo

नेकपा (एमाले)भित्र १० बुँदे सहमति कार्यान्वयन फितलो देखिएपछि पार्टीकै नेताहरुले असन्तुष्टि पोख्न थालेका छन्।

यसैबीच उक्त १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउन कार्यदल नै बनाएर नयाँ अभ्यास थालिएको छ। भीम रावलको नेतृत्वमा सहमति कार्यान्वयन कार्यदल गठन गरिएको हो।

सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठक उक्त कार्यदलमा शंकर पोखरेललाई पनि थपिएको छ।

कार्यदलमा रावलसँगै महासचिव पोखरेल, उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन्। 

प्रकाशित मिति: : 2021-09-27 20:19:00

प्रतिकृया दिनुहोस्