राष्ट्रपति विद्या भण्डारीद्वारा कानूनबिनै मन्त्रीलाई सपथ खुवाउने तयारी, पूर्वमहान्यायाधिवक्ता बडाल भन्छन्– 'त्यो गलत र असंवैधानिक हो'

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहणसम्बन्धी कानून नै नभए पनि नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने भएकी छिन्। उनले कानून नभए पनि परम्पराका नाममा सपथ गराउने तयारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयले परम्पराका नाममा सपथग्रहणको तयारी गरिरहे पनि पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति कार्यालयले गतल गरेको बताए। उनले सपथग्रहणसम्बन्धी कानून नै नभएको बेलामा राष्ट्रपतिले सपथ गराउन नसक्ने उनले बताए।

संविधानको धारा ८० ले सपथग्रहणसम्बन्धी व्यवस्था गरेको छ। 'प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ', संविधानमा लेखिएको छ। तर, अहिले संघीय कानून नै छैन। वर्तमान सरकारले उक्त कानून बनाउन पहल पनि लिएको छैन।

'कानून नभएको बेला परम्पराअनुसार चल्छ तर कानून बनिसकेपछि त कानून अनुसार चल्नुपर्छ, परम्पराअनुसार चल्दैन। त्यसैले अब राष्ट्रपतिले कानूनबिना सपथग्रहण गराउनु असंवैधानिक हो', बिएल नेपाली सेवाको जिज्ञासामा पूर्वमहान्यायाधिवक्ता बडालले भने, 'सपथ खान सरकारले कानून बनाउनैपर्छ।'



प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गरे राष्ट्रपतिले नयाँमन्त्रीको सपथ गराउन नसक्ने, प्रधानमन्त्री र मन्त्रीको सपथग्रहणसम्बन्धी कानून समाप्त

प्रकाशित मिति: : 2021-09-22 12:50:00

प्रतिकृया दिनुहोस्