गौरी भन्छिन्- काम देऊ, उपाधि नदेऊ

थाहा खबर

काठमाडौं

केही दिनअघि राजधानीमा एउटा कार्यक्रम गरी नेपाली फिल्म 'डाँडाको बरपिपल'को गीत सार्वजनिक गरियो। तर‚ कार्यक्रमपछि सार्वजनिक गीत र आउन लागेको फिल्मभन्दा चर्चाको विषय बन्यो ‘महानायक’ र ‘महानायिका’को उपाधि। 

फिल्मबारे भनाइ राख्ने क्रममा माइक्रोफोन भुवन केसीको हातमा गयो। जो फिल्ममा विशेष अतिथिको रुपमा देखिँदै छन्। दुई वटा कारण दिँदै भुवनले आफू फिल्ममा कसरी जोडिएँ भन्ने प्रसंग सुनाए। उनको पहिलो कारण थियो‚ फिल्ममा रहेका युवा कलाकारहरू। आफू फिल्ममा जोडिनुको दोस्रो कारण बताउँदै उनले भने, 'सबैभन्दा इम्पोर्टेन्ट चाहिँ के छ भने यो फिल्ममा नेपाली चलचित्रको द रियल महानायिका गौरी मल्ल पनि हुनुहुन्छ।'

भुवनले आफूलाई महानायिका भनेपछि छेउमा उभिएकी गौरीको अनुहारको रंग फेरियो। उनले एउटा लामो सास लिइन्। उनलाई देखेर लाग्थ्यो कि विश्वास भइरहेको छैन‚ भर्खर उनको जे सुनिन्। एकछिनसम्म आफ्ना दुवै हातले मुख छोपिन्। उनको शारीरिक हावभावले यो उनका लागि एकदमै अनपेक्षित कुरा थियो भनेर देखाइरहेको थियो। उनले आफ्नो छेउमा उभिएका अर्का अभिनेता शिव श्रेष्ठले मात्र सुन्ने गरी केही भनिन्। त्यसपछि शिवले पनि गौरीले मात्र सुन्ने गरी केही भने। त्यति बेलासम्म भुवन गौरीको तारिफमा बोलिरहेकै थिए, 'मैले कुनै कन्ट्रोभर्सी कुरा गरेको होइन। म जे बोल्छु सत्य बोल्छु। गौरी मल्ल अभिनयको महारानी। अभिनयको महानायिका हुन्।'

प्रकाशित मिति: : 2021-09-22 11:29:00

प्रतिकृया दिनुहोस्