मन्त्रिपरिषद्ले पूर्णता कहिले पाउँछ ? को को बन्दैछन् मन्त्री ?

बाह्रखरी

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व सम्हालेको दुई महिना पुगिसक्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवानिकट नेताहरुका अनुसार अझै केही दिन सरकार विस्तार हुने सम्भावना छैन ।

तर दलहरुले आन्तरिक गृहकार्य भने जारी राखेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी केन्द्र र नेकपा (एस) ले आन्तरिक तयारी थालेका छन् । 

शुक्रबार एक कार्यक्रममा भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन सरकारमा विस्तारका लागि लाग्ने बताएका थिए ।

पार्टीभित्रको आन्तरिक विवाद र अध्यादेश निष्कृय नभएका कारण सरकार विस्तार हुन नसकेको नेताहरुको धारणा छ ।

प्रकाशित मिति: : 2021-09-19 08:44:00

प्रतिकृया दिनुहोस्