
बिएल संवाददाता
सन् २०२० मा वातावरण तथा भूमि संरक्षणको क्षेत्रमा सक्रीय दुई सय सत्ताईस संरक्षणविद् मारिएका छन्।
ग्लोवल विटनेसले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो। जंगल, खानी, जलविद्युत, कृषि, बाँध, समुद्र, पानीको आपूर्तिलगायतका क्षेत्रमा प्राकृतिक स्रोत साधन संरक्षणका क्रममा आक्रमण तथा विभिन्न दुर्घटनामा उनीहरु मारिएका हुन्।
सन् २०१५ मा जलवायु परिवर्तनवारे पेरिसमा सम्झौतामा हस्ताक्षरपछि मात्र हरेक साता चार जना वातावरण अभियन्ता मारिने गरेको सो संगठनले जनाएको छ। कतिपय क्षेत्रमा सञ्चारकर्मीको समेत पहुँच नहुने भएकाले मृत्यु हुनेको संख्या अझै ठूलो हुन सक्ने जनाइएको छ।
प्रतिवेदनअनुसार काठ संरक्षणको क्षेत्रमा संक्रीय २३ जनाको एक वर्षमा मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा ब्राजिल, निकारागुवा, पेरु, र फिलिपिन्सका वातावरणविद् छन्। जलवायु परिवर्तनको अग्रमोर्चामा खटिएका जनजातीको पनि उल्लेख्य संख्यामा मृत्यु भएको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया