बेलुनले बदलेको जीवन-कथा : मनग्य आर्जन

अनलाइनखबर

काठमाडौँ

३१ भदौ, काठमाडौं।

‘बेलुनमा हावा भरेर पनि पैसा कमाइन्छ !’

यस्तो कुरा गर्दा शुरूमा त साथीभाइले जीवन श्रेष्ठलाई ‘हावामा उडाइदिए।’ तर यो उनको उपदेश होइन उदाहरण थियो। किनभने उनले यो काम गरेरै देखाइदिए।

शहरमा हुने कुनै सभा-समारोहदेखि, बिहे-भोजसम्म उनी बेलुनको सजाउने गर्छन्। र, यसबाट मनग्ये आम्दानी पनि। बेलुन फुलाउने र सजाउने कामका लागि १० जनालाई रोजगारी दिएका छन्।

हरेक दिन कम्तीमा दुई वटासम्म पार्टीको लागि रङ्गीन बेलुनले कार्यक्रम स्थल सजाउने गरेका छन् जीवन श्रेष्ठले। उनले यसरी काम गर्न थालेको करीब पाँच वर्ष भयो। उनी कसरी ग्राहकको रोजाइका व्यस्त बेलुन आर्टिस्ट बने भन्ने बुझ्न भने करीब ९ वर्ष अगाडि फर्कनुपर्छ।

सेनाको जागिर छाडेर वैदेशिक रोजगारी

जीवन पूर्व नेपाली सेना हुन्। सेनामा छँदा परिवारको आवश्यकता पूरा गर्न नसक्ने अवस्था भएपछि उनले सेनाबाट राजीनामा दिए। त्यसपछि विदेश गएर पैसा धेरै कमाएर परिवारको आधारभूत आवश्यकता पूरा गर्ने सपना देखे। २०६१ सालमा सेनामा भर्ती भएका जीवनले २०६६ सालमा राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने तयारी थाले।

तर एक वर्षसम्म जीवन वैदेशिक रोजगारीमा जान सकेनन्। त्यसले उनलाई निकै हतास बनायो। ‘सबै समस्या विदेश गएपछि समाधान हुन्छ भन्ने थियो तर जानै नसकेपछि समाजले कुरा काट्न थाले। म निकै हतास भएको थिएँ।’ उनी त्यसबेलाको परिस्थितिलाई सम्झँदै भन्छन्, ‘अब जसरी हुन्छ यो समाजबाट लुक्नलाई पनि विदेश जानुपर्छ भन्ने लाग्न थाल्यो। बल्ल एक वर्षपछि वेटरको काम गर्नका लागि साउदी गएँ।’

जीवन साउदी पुगेपछिको कामबाट सन्तुष्ट भएनन्। केही समय काम गरेपछि उनले फरक काम खोज्न थाले।

प्रकाशित मिति: : 2021-09-16 08:06:00

प्रतिकृया दिनुहोस्