केटाकेटीमाथिकाे थिचाेमिचाे सामाजिक सञ्जालमै छरपस्ट छ, कसैले उजुरी नै गर्नुपर्छ र ?

शिलापत्र

सक्रिय संग्राैला

मिडियामा हामीजस्ता केटाकेटीको बारेमा धेरै मान्छेले धेरै कुरा गरेको सुन्छु। कोहीकोही त हाम्रो अधिकारका लागि काम गरिरहेका छन् रे! उनीहरूसित मेरा केही गुनासा छन्।

तपाईंहरू युट्युब, टिकटकजस्ता सोसल मिडिया त पक्कै हेर्नुहुन्छ। हेर्ने गर्नुभएको छैन भने हेर्नुहोला, त्यहाँ केटाकेटीको बारे केकस्ता भिडियोहरू राखिएका छन्।

बाउआमाको झगडामा बच्चाहरूलाई अगाडि राखेर भिडियो खिचिएको छ। टिकटकमा बच्चालाई जबर्जस्ती देखाइएको छ। ‘भाइरल’ गराउने वा आफू भाइरल हुने लोभमा बालबालिकामाथि अत्याचार भइरहेको छ।

केही महिनाअघि बालगायक मित्र सचिन परियारको बाउआमाको झगडामा सचिन र उनका भाइबहिनीको समेत भिडियो खिचेर युट्युबमा राखिएको थियो। यति मात्र कहाँ हो र, भिडियो बनाउनेहरूकै कारण सचिन स्कुल नै जान नपाएका कुराहरू मिडियामा आएको थियो। तर, मैले कुनै बाल अधिकारकर्मीबाट सचिनमाथि भएको त्यसखाले अन्यायको विरोध सुनिनँ।

टिकटकमा अन्दाजी ९/१० वर्षजतिकी एक साथी पनि केहीअघि भाइरल थिइन्। छिमेकी ‘दाइ’ले उनलाई जिस्काउँदै भिडियो बनाए र टिकटकमा हालिदिए। भिडियोमा रिसाउँदै बाेलिरहेकी उनलाई ती दाइले भिडियो खिचिरहेको कुरा थाहै थिएन। यो ठीक हो त ?

प्रकाशित मिति: : 2021-09-14 13:52:00

प्रतिकृया दिनुहोस्