रामचन्द्र पौडेलले भने- धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिनु हुँदैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पार्टीको १४औँ महाधिवेशनको कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा भएको आरोप लगाएका छन्।

आफू निकट केन्द्रीय सदस्यहरूको बैठकपछि सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पौडेलले सभापति शेरबहादुर देउवाबाट गराइएको फेक निर्वाचनलाई निर्वाचन समितिले मान्यता दिन नहुने बताए।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा डडेल्धुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधलीलाई सच्याउनुपर्ने माग गरिएको छ।

पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधान र प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनु र वडा अधिवेशन गरिनु खेदजनक रहेको पौडेल समूहको भनाइ छ। 

प्रकाशित मिति: : 2021-09-13 17:35:00

प्रतिकृया दिनुहोस्