‘एकदम भव्य र सफल गठबन्धन सरकार– प्रधानमन्त्री पाँच जना मन्त्री लिएर हिँडिरहेको छ, देश तस्करका लागि स्वर्ग छ’: विप्लव (भिडियो)

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारी र तस्करका लागि सबैभन्दा उर्वर भएको बताएका छन्। उनले खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने,‘एकदम सफल सत्तारुढ गठबन्धन रे, दुई महिना भो। पाँच जना मन्त्री लिएर हिँड्नुभएको छ, प्रधानमन्त्री। देशका बारेमा कुनै जानकारी छैन। देशमा के भइएरहेको छ के थाहा उहाँहरुलाई ? नेपालमा अराजकता छाएको छ अहिले । राज्य नै छैन। देश राज्यबिहीन भएको छ।’

‘यो मौकामा भ्रष्टाचारी र तस्करहरु यसरी मौलाएका छन् कि साँझ रोपिएको बोट बिहान तीन पात भएको हुन्छ भन्छन् नि, भ्रष्टाचारी त्यस्तै मौलाएका छन्’, उनले भने।

उनले सुँगुरले दाना खाएजसरी भ्रष्ट र तस्करहरुले देशको ढुकुटी खाइरहेको बताउँदै उनले भने, ‘खान पनि अलि तरिका हुन्छ नि, सुँगुरले दाना खाए जसरी खाने ?’

प्रकाशित मिति: : 2021-09-13 17:30:00

प्रतिकृया दिनुहोस्