डेनमार्कमा लाखौंको जागिर छाडेर माडीको अर्गानिक कृषि फार्ममा करोडौं लगानी गरेका पोखरेल

सेतोपाटी

कोपनहेगन

महेशकुमार खाती

 

डेनमार्कको चर्चित कृषि कम्पनीमा अनुसन्धान निर्देशक भानिश्वर पोखरेल मासिक ८ लाख रुपैयाँ तलब पाउनुका साथै पर्याप्त सेवा सुविधा र भौतिक सुख सयलमा बसेका थिए। धेरै मानिसको सपना राम्रो पढ्ने, विदेश जाने र उतै बस्ने 

हुन्छ। स्वदेश फर्किए पनि राम्रो जागिर खाने इच्छा हुन्छ।

तर, पोखरेल डेनिस सुख सयलमा सन्तुष्ट थिएनन्। उनलाई आफ्नै गाउँघरको सम्झनाले पिरोलिरह्यो। त्यसपछि सबै सेवा सुविधा चटक्क छोडेर झोला बोकी नेपाल फर्किए। 

राम्रो कमाइ र रमाइ दुबै छाडेर देश फर्केका कृषि वैज्ञानिक भानिश्वर पोखरेल (भानु) हिजो-आज नेपाली माटोमै अर्गानिक सपना हुर्काउँदैछन्। पछिल्लो ९ महिनादेखि चितवनको माडीमा अर्गानिक खेतीपातीमा व्यस्त उनी खुसी छन्।

‘आफ्नै माटोमा अर्गानिक खेती हुर्काइरहेको छु,’ उनले सेतोपाटीसँग भने, ‘धेरै नै खुसी छु, मजाले रमाएर काम गरिरहेको छु।’

उनले अर्गानिक फलफूल र खेतीसँगै रसायनिक मलको विकल्पमा गुणस्तरीय अर्गानिक मल उत्पादन गरिरहेका छन्। माडी नगरपालिका-४ खैरहनीमा ‘माडी प्रांगारिक कृषि तथा अनुसन्धान केन्द्र प्रा.लि.’ फर्मलाई प्रांगारिक सिकाइ केन्द्रका रूपमा विकास गर्न उनी लागिपरेका छन्।

प्रकाशित मिति: : 2021-09-13 17:07:00

प्रतिकृया दिनुहोस्