अनियन्त्रित महँगी

एक महिनामा प्रतिकेजी हरियो धनियाँ ३००, जिरीको साग २२०, पालुंगो २१०, रायो १२० रुपैयाँले बढेको छ। त्यस्तै, पछिल्लो डेढ सातामा सोयाबिन केजीमा ९०, मुसुरोको दाल ३५, चामल बोरामा ५० र खानेतेल प्रतिलिटर ३० रुपैयाँ महँगिएको छ। तैपनि नियमन गर्ने सरकारी निकाय भन्छ– मूल्यवृद्धि भएको छैन।

काठमाडौंमा हरियो तरकारीको भाउ उपभोक्ताको ढाड सेक्ने गरी अकासिएको छ। सागको मूल्य त एक महिनामा झन्डै चार गुणासम्म महँगिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा जिरीको साग २५ साउनमा प्रतिकिलो ८० रुपैयाँ थियो। शनिबार त्यसको मूल्य तीन सय पुगेको छ। त्यस्तै, ९० रुपैयाँ प्रतिकिलो रहेको पालुंगोको साग शनिबार तीन सय रुपैयाँसम्ममा बिक्री भएको छ। 

अन्य सबै किसिमका सागको मूल्य पनि दोब्बरसम्म महँगिएको छ। एक महिनाअघि प्रतिकेजी ९० रुपैयाँ रहेको रायो सागको मूल्य शनिबार दुई सय रुपैयाँ पुगेको छ। तोरीको साग ६० रुपैयाँबाट बढेर सय रुपैयाँ पुगेको छ। त्यस्तै, हरियो धनियाँ महिना दिनअघि दुई सय रुपैयाँ प्रतिकिलो रहेकोमा शनिबार पाँच सय रुपैयाँ पुगेको छ। 

प्रकाशित मिति: : 2021-09-12 11:32:00

प्रतिकृया दिनुहोस्