अहमद मसूदकाे याे साम्राज्य, जहाँ तालिबानले कहिल्यै कब्जा गर्न सकेन

Photo : Getty image
Photo : Getty image

तालिबान आतंकवादी समूहले 'जातीय सफाया' का नाममा हजारौं अफगानीको हत्या गरेपछि अफगान राष्ट्रिय प्रतिरोध मोर्चाका प्रवक्ता अली नाज़रीले अन्तर्राष्ट्रिय संघ–संस्थालाई हस्तक्षेप गर्न अनुरोध गरेका छन्।

'तालिबानले हजारौं नागरिकलाई बिना कुनै कारण पञ्जशिर उपत्यकाबाट निष्कासित गरेको छ। उनीहरु जातीय सफाया गरिरहेका छन् तर संसार अझै पनि यो स्थितिलाई बेवास्ता गरिरहेको छ। हामी यो युद्ध अपराध अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दछौँ', नाज़रीले ट्वीटरमार्फत् भनेका छन्।

पञ्जशिर अफगानिस्तानको उत्तरी क्षेत्रको एउटा उपत्यका हो जहाँ कहिल्यै पनि तालिबानले कब्जा जमाउन सकेनन् । पछिल्लोपल्ट गत महिना सत्ता हत्याएपछि भने तालिबानले उक्त उपत्यकालाई निशाना बनाएका थिए।

कबिर वासिक अफगानिस्तानका एक जना साहसी पत्रकार हुन्। उनले यसअघि पञ्जशिरमा सामूहिक मृत्युदण्ड र जातीय सफाया अभियानबारेमा रिपोर्ट गरेका थिए। उनी यसअघि पञ्जशिर प्रान्तका डेपुटी गभर्नर पनि थिए ।

'तालिबानले बालबालिकासहित बिनाकारण त्यहाँका बासिन्दाहरुलाई गोली हानिरहेका छन्, जुन युद्ध अपराध र मानवताविरुद्धको अपराध हो। उनीहरु प्रभावशाली बासिन्दाहरु, गाउँका नेताहरु, र वकीलहरुको घर खोजी मानिसमा बलियो मनोवैज्ञानिक दबाबसंगै हत्या र गिरफ्तारीको लगातार धम्कीहरु दिइरहेका छन्,' वासिकले भने।

तालिबान अधिकारीहरुले आफ्नो जिहादी समूहको विरोध गर्ने राष्ट्रिय प्रतिरोध मोर्चाको घर पञ्जशीर प्रान्त कब्जा गरेपछि पूरै देश नियन्त्रणमा लिने घोषणा गरेका थिए। प्रतिरोध मोर्चाका प्रतिनिधिहरु भन्छन्– 'तालिबान जिहादीहरु अझै पनि पञ्जशिर उपत्यकामा छन्।'

राष्ट्रिय प्रतिरोध मोर्चाका कमाण्डर अहमद मसूद हुन्। उनी अहमद शाह मसूदका छोरा हुन्। पञ्जशिर प्रान्त अफगानी राजधानी काबुलबाट ७० किलोमीटर उत्तरमा अवस्थित छ। यो रणनीतिक दृष्टिकोणबाट महत्वपूर्ण छ किनकि यो दक्षिणी र उत्तरी अफगानिस्तानलाई जोड्ने मार्गहरुबाट गुज्रन्छ।

प्रान्तको भूभाग र उही नामको घाँटी छापामार युद्धका लागि उपयुक्त छ।

अफगानिस्तानको अवस्था

लगभग २० वर्षको शैन्यकरणपछि गत अगष्ट ३१ मा अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा बाहिरियो। अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले जुन उद्देश्यले अफगानिस्तानमा सेना परिचालन गरेको थियो, त्यो उद्देश्य पूरा भएको बताएका छन्।

त्यो उद्देश्य थियो– २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्कस्थित वर्ड ट्रेड सेन्टर रहेको 'ट्वीन टावर' मा भएको आतङ्कवादी हमलाको लागि जिम्मेवार अल काइदा पतन गराउने र अफगानिस्तानलाई आतङ्कवादको केन्द्र बन्नबाट रोक्ने। तर, अमेरिकी राष्ट्रपति बाइडनको शब्दहरु वास्तविकतासँग भने मेल खाँदैनन्।

अमेरिकी गुप्तचर रिपोर्टअनुसार, कमसेकम २० वटा साना आतङ्कवादी समूहहरु विदेशी उपस्थितिका कारण विगत २० वर्षमा कट्टरपन्थी भई अफगानिस्तानमा हाल कार्यरत छन्।

विभिन्न रिपोर्टका अनुसार, अल कायदाका आतंकवादी तालिबानमा सामेल छन् र इस्लामिक स्टेटले अफगानिस्तानमा आफ्नो उपस्थिति स्थापित गर्नेछ।

पहिले, उही अमेरिकी रिपोर्टले काबुल ६ महिनाभित्र पतन हुने भन्यो। तर अमेरिकी राष्ट्रपतिले यो जानकारी सार्वजनिक गरेनन्। उनले अफगानिस्तानको अगाडि त्यस्तो कुनै विकल्प नभएको जनतालाई विश्वस्त पार्न धेरै प्रयास गरे र देशमा रहेका हजारौं सेना र उपकरणहरुको हवाला दिए।

राष्ट्रपति बाइडनको 'आशावाद' को बावजुद तालिबानले एक महिनाभित्र लगभग सम्पूर्ण देश कब्जा गरी काबुलमा प्रवेश गर्यो। तत्कालीन अफगान राष्ट्रपति अशरफ घनी देश छोडेर भागे।

वर्तमान अफगानिस्तानमा मात्र एउटा क्षेत्र बाँकी छ जुन तालिबानले कब्जा गर्न सकेको छैन। त्यो हो– पञ्जशीर प्रान्त।

तालिबानविरोधी सेना र अफगानिस्तानका सैनिकहरु अझै पनि पञ्जशिरमा छन्। तालिबानविरोधी गठबन्धनको नेतृत्व अहमद मसूदले गरिरहेका छन्।

विभिन्न जिल्लाहरुलाई आफ्नाे नियन्त्रण ल्याउन तालिबानलाई खासै समय लागेन। एक महिनामै १४ वटा जिल्लासमेत आफ्नाे नियन्त्रणमा ल्यायाे। तर, मसूदकाे साम्राज्यमा भने तालिबान निरिहजस्तै देखियाे। धेरै पटक आक्रमणकाे प्रयास गरेपनि कहिल्यै कब्जा गर्न सकेन।

प्रकाशित मिति: : 2021-09-11 11:46:00

प्रतिकृया दिनुहोस्