कांग्रेसको भदौ २७ गते तोकिएको स्थानीय तहको अधिवेशन सार्ने सहमति

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न सहमति जनाएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलको महाधिवेशन सार्ने प्रस्तावलाई देउवाले समर्थन हुन्। क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका वडा अधिवेशन हुन नसकेको भन्दै पौडेलले वडा अधिवेशन नगरी गाउँ/नगरपालिका अधिवेशन नगर्न प्रस्ताव गरेका हुन्। सदस्यता विवाद रहेका २१ मध्ये सभापति देउवाको गृहजिल्ला डडेल्धुराका वडा अधिवेशन शुक्रबार गर्ने तयारी थियो तर सदस्यता विवादका कारण अनिश्चित छ।

पौडेलको प्रस्तावमा देउवाले पनि सहमति जनाएकाले स्थानीय तहको अधिवेशन सर्ने निश्चितजस्तै भएको वरिष्ठ नेता पौडेलले जानकारी बताए। पौडेलका अनुसार सभापति देउवा असोज ५ गते हुने क्षेत्रीय अधिवेशनको मिति प्रभावित नहुने गरी स्थानीय तहको अधिवेशन सार्न सकारात्मक बनेका छन्।

उपसभापति विमलेन्द्र निधिले बुधबार सभापति देउवालाई पत्र लेखी क्रियाशील सदस्यता विवाद टुंगो लगाएर मात्र स्थानिय तहको अधिवेशन गर्न आग्रह गरेका थिए। निधीले सभापति उठ्ने घोषणा गरिसकेका छन्।

सभापति उठ्ने तयारीमा रहेका अर्का नेता शेखर कोइरालाले पनि वडा अधिवेशन नसकिएसम्म स्थानीय तहको अधिवेशन गर्न नसकिने भन्दै कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: : 2021-09-09 13:52:00

प्रतिकृया दिनुहोस्