माधव नेपालकाे पार्टीमा जान पाऊँ भन्दै सम्धी पाण्डेसहित दुई जनाले हाले मुद्दा

नेकपा एमालेका दुई जना सांसद माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा जाने भएका छन्। 

उनीहरूले नेकपा (एस)मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेकाे बताइएकाे छ।

रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा (एस)मा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा (एस)मा अद्यावधिक गराउन आदेश माग गरेका छन्।

पाण्डे नेकपा (एस)का अध्यक्ष माधव नेपालका सम्धी हुन्। 

प्रकाशित मिति: : 2021-09-08 17:55:00

प्रतिकृया दिनुहोस्