बागमतीः अष्टलक्ष्मी शाक्यले नियुक्त गरिन् ७ मन्त्री र ४ राज्यमन्त्री (विवरणसहित)

 बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

उनले सात मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेकी हुन्।  

भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव पाण्डे नियुक्त भएका छन् भने रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा  नियुक्त भएकी छन्। विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रदीपकुमार कटुवाल क्षेत्रीलाई दिइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी डा.अजय क्रान्ति शाक्यलाई दिइएको छ। चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्।

शाक्यले जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री नियुक्त गरेकी छन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले बुधबार नै सपथ लिइसकेका छन्।

 

प्रकाशित मिति: : 2021-09-08 14:53:00

प्रतिकृया दिनुहोस्