प्रमुख प्रतिपक्ष दल एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले संसद्भित्र प्रवेश गराइएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति रोष प्रकट गर्दै संसद् अधिवेशन चल्न नदिने चेतावनी दिएको हो।
एमाले संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले सभामुख र सरकारले पार्टी फुटाउन षड्यन्त्र गरेको आरोप लगाएकाे छ ।
एमालेले निष्कासनका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेको प्रसंग जोड्दै एमाले अध्यक्ष केपी ओलीले ‘गैरसांसदलाई संसद्भित्र प्रवेश गराएमा’ संसद्मा अवरोध गर्ने घोषणा संसदीय दलकाे बैठकमा गरेका छन्।
आजै अपरान्ह ४ बजे संसद्को नवौं अधिवेशन सुरु हुँदैछ।