वैदेशिक छात्रवृत्तिमा निजामती कर्मचारी : मापदण्ड होइन, मनपरी

वैदेशिक छात्रवृत्तिमा गएका निजामती कर्मचारीले एउटा क्षेत्रको ज्ञान लिएर आउँछन्, जिम्मेवारी अर्कै पाउँछन्। पहुँच भएका कर्मचारीलाई मात्रै अवसर दिएर वैदेशिक छात्रवृत्तिको दुरुपयोग त गरिएको छ नै, उनीहरूले विदेशमा लिएको विषयविज्ञताको पनि देशमा सदुपयोग भएको छैन।

उपसचिव मानबहादुर खड्काले वैदेशिक छात्रवृत्तिमा थाइल्यान्डबाट माइक्रोबायोलोजी अर्थात् सूक्ष्मजीव विज्ञानमा स्नातकोत्तर गरेका छन् । सरकारको मनोनयनमा परेर उनले वैदेशिक अध्ययनको अवसर पाएका हुन् ।

०६७ मा सो विषय उत्तीर्ण गरेका खड्का बैंककमा आफू अध्ययन गरेको विश्वविद्यालयकै गोल्ड मेडलिस्टसमेत रहेको दाबी गर्छन् । ब्याक्टेरिया, भाइरस, फंगी, पारासाइट्सजस्ता सूक्ष्मजीवको अध्ययनमा विज्ञता सँगालेर देश फर्किएका उनलाई सरकारले भने प्रशासन चलाउने जिम्मा दिएको छ । हाल उनी दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् ।

प्रकाशित मिति: : 2021-09-07 11:51:00

प्रतिकृया दिनुहोस्