काे हुन् कन्निका ? जसले पारस शाहकाे 'एटीएम' नै लगेर कराेडाैं लुटिन्

Breaknlinks
Breaknlinks

बेला-बेलामा विवादित बनेर चर्चामा आइरहने पात्र हुन्, पूर्व युवराज पारस शाह।

पारसको नाम सुन्नबित्तिकै उनकी पत्नी हिमानी शाहको चित्र पनि झल्किहाल्छ। त्यसो त हिमानीलाई नेपालकै आकर्षक महिलाको रुपमा पनि चिनिन्छ।

'नेपाल' म्यागाजिनले त केही वर्षअघि हिमानीको तस्वीरलाई कभर फोटो बनाएर देशकै सबैभन्दा सुन्दर र आकर्षक महिलाको रुपमा घोषणा गर्यो।

सर्वसाधारणकोे दृष्टिकोणमा हिमानी र पारस लोकप्रिय दम्पती हुन्। तर पारसको प्रेम सम्बन्धबारे चर्चा गर्ने हो भने हिमानी ओझेलमा पर्छिन्। किनकि पारसले अनौपचारिक रुपमा विभिन्न युवतीहरुसँग सम्बन्ध गाँसे।

सन् २००८ मा पारस थाइल्याण्डमा थिए। उनी त्यहाँ कन्निका चाइसान नामकी एक थाइ युवतीसँग प्रेममा थिए। पारसले त्यस सम्बन्धलाई गुपचुप पार्न निकै प्रयास गरे। तर सकेनन्। अन्ततः पारस र कन्निकाबीच सम्बन्ध नेपाली मिडियालाई पनि थाहा भयो नै।

कन्निकाले बेलाबेलामा सामाजिक सञ्जालमा पोस्ट गर्ने स्टाटसहरुबाट यो खबरले मुर्त रुप लियो। सन् २००९ मा कन्निकाले फेसबुकमार्फत आफ्नो पेटमा पारसको बच्चा भएको स्टाटस लेखिन्। जसले केही महिना सामाजिक सञ्जाल नै तात्यो।

वास्तवमा कन्निका एक थाइ मोडल हुन्। पारससँग प्रेम सम्बन्धमा बसेपछि उनले लगातार पारसबारे नै स्टाटस लेखिरहिन्। उनले यस्तोसम्म भनेकी छिन्, 'पारस र म रिलेशनमा छौ। मेरो पेटमा उनको बच्चा छ। मलाई थाहा थिएन कि उनी नेपालका पूर्व युवराज हुन्।'

त्यस्तै उनले अर्को स्टटासमा पनि हिमानी शाहको तस्वीर शेयर गर्दै विभिन्न अपशब्द प्रयोग गरेकी छन्। उनले थप्दै लेखेकी थिइन्, 'यी महिला को हुन् ? म चिन्दिनँ।'

पारसनिकट साथीहरुको अनुसार भने पारस थाइल्याण्डमा हुँदा उनै कन्निकासँग सँगै बसेका थिए। उनले यो कुरा नेपाली र आफ्नो परिवारलाई जानकारी दिन चाहन्नथे। तर कन्निकाले नै यस विषयलाई बाहिर ल्याइन्।

कन्निकाले पारसको बैंक अकाउण्टबाट करौडौँ रुपैया लुटेको पनि पारसनिकटका साथीहरुले बताएका थिए। ती साथीहरुका अनुसार थाइल्याण्डमा हुँदा पारसको 'एटीएम' नै कन्निकाले प्रयोग गर्दै आएकी थिइन्।

पछिल्लो समय भने कन्निका सामाजिक सञ्जालमा खासै देखिएकी छैनन्। पारस भने हाल नेपाल मै छन्। केही साताअघि मात्र प्रहरीसँगको विवादका कारण उनी चर्चामा आएका थिए।

प्रकाशित मिति: : 2021-09-06 21:20:00

प्रतिकृया दिनुहोस्