भारतलाई रिझाएर प्रधानमन्त्री देउवा के लिन चाहन्छन् ?

शिलापत्र

काठमाडौँ

२९ असार ०७८ मा सर्वोच्च अदालतले परमादेश जारी गर्‍यो – शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी।

सदाझैँ पहिलो बधाई भारतकै अपेक्षित थियो। स–साना प्रसंगमा ट्वीट गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई सन्देश दिएनन्। जब ३ साउनमा विश्वासको मत लिए, त्यसपछि बल्ल बधाई दिए।

त्यो बधाई तौलिएर दिएको देखिन्थ्यो। अर्थात् मोदीले अरु बेला जस्तो बधाई सन्देशमा भारत भ्रमणको निम्ता गरेनन्। र, आजसम्ममा भारत भ्रमणका बारेमा कूटनीतिक संवाद भएको पनि छैन।

यसले प्रष्ट देखाउँथ्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गठबन्धनको देउवा सरकारप्रति खुसी छैनन्। हुन त केपी ओली नेतृत्वको सरकारकै निरन्तरता चाहेको थियो भारतले। जसको सन्देश महन्थ ठाकुर र राजेन्द्र महतोलाई ओली सरकारमा सहभागी गराउन सकारात्मक भूमिका निर्वाह गरेर भारतले देखाइसकेको थियो।

देउवासँग भारत 'नाखुस' हुनुका धेरै कारण हुन सक्छन्। तर, जब ओलीले दोस्रो पटक संसद विघटन गरे, त्यसपछि पाँच पूर्वप्रधानमन्त्रीहरू देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेर नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भएको बताएका थिए। उनीहरूले प्रष्ट त भनेका थिएनन् तर भारतलक्षित भएको स्पष्टै थियो।

प्रकाशित मिति: : 2021-09-06 09:48:00

प्रतिकृया दिनुहोस्