कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापाकाे भिडन्त, थप तात्तियाे महाधिवेशनकाे माहाेल

नेपाली कांग्रेसकाे महाधिवेशनकाे लागि वडा अधिवेशन सुरू भइसकेकाे छ। केही जिल्लामा सम्पन्नसमेत भइसकेका छन् भने केही जिल्लाहरूमा भने वडा अधिवेशनकाे कुनै टुंगाे लाग्न सकेकाे छैन।

त्यसाे त कांग्रेसकाे केन्द्रीय सभापतिसहित अन्य पदहरूमा विभिन्न नेताहरूले उम्मेदवारी पनि घाेषणा गर्न सुरु गरिसकेका छन्।

यसैबीच कांग्रेसकाे महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा भिड्ने सम्भावना देखिएकाे छ। थापाले त आधिकारिक रुपमै उम्मेदवारी घाेषणा गरिसकेका छन्। स्राेतका अनुसार शर्माले पनि महामन्त्रीकै लागि उम्मेदवारी घाेषणा गर्ने सम्भावना बढेकाे हाे।

पार्टीभित्र थापा र शर्माकाे क्रेज उत्तिकै छ। उनीहरु हजाराैँ कार्यकर्ताका लागि प्रेरणाकाे स्राेत पनि मानिन्छन्। थापाले रामचन्द्र पाैडेलकाे समूहबाट उम्मेदवारी घाेषणा गरेका हुन् भने शर्माले पनि शेरबहादुर देउवाकाे समूहबाट उम्मेदवारी घाेषणा गर्ने बताइएकाे छ।

युवाहरुमा सबैभन्दा लाेकप्रिय मानिएक यी नेताहरु एउटै पदकाे लागि भिड्ने भएपछि चुनावी माहाेल थप तात्तिने भएकाे छ। दुई नेतामध्ये कांग्रेस महामन्त्रीमा कसले बाजी मार्छ, त्यसकाे लागि भने केही समय कुर्नैपर्ला। 

प्रकाशित मिति: : 2021-09-05 10:59:00

प्रतिकृया दिनुहोस्

    समाचारको आशय राम्रो छ। तर केही सुचना पुर्ण छैनन्। जस्तै एउटै पदका लागि दुईको भिडन्त हैन। निर्मवाचित हामन्त्री २ पद छ, र धेरै भिडेका मध्ये २ जना निर्वाचित हुने हो। विश्व प्रकाश र गगन दुवै लोकप्रिय छन्। अरुलाई पछी पार्दै दुवै निर्वाचित हुन सक्ने सम्भावना छ।

    • 3 बर्ष अगाडि
    • Krishna Bhandari