एमालेबाट अलग्गिएर माधव नेपालले निर्माण गरेकाे पार्टी नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेशमा इञ्चार्ज ताेकेकाे छ।
नेकपा (एस)ले सुदूरपश्चिमबाहेक ६ वटै प्रदेशमा इञ्चार्ज तोकेको हाे। शुक्रबार पार्टीले एक निर्देशन जारी गर्दै यसबारे जानकारी गराएकाे हाे।
त्यसाे त केही महिनाअघि नेता नेपाललाई गाली गर्दै हिँड्ने नेताहरु नै नेकपा (एस)काे प्रदेश इञ्चार्ज बनेका छन्।
प्रदेश १ मा घनेन्द्र बस्नेतलाई इञ्चार्ज ताेकिएकाे छ भने प्रदेश २ मा धर्मनाथ साहलाई प्रदेश इञ्चार्ज ताेकिएकाे छ। त्यस्तै बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला प्रदेश इञ्चार्ज ताेकिएका छन्।
उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ तोकिएकाे पार्टीले जनाएकाे छ। सुदूरपश्चिममा भने प्रदेश इञ्चार्जबारे टुंगाे लागेकाे छैन। त्यसाे त यहाँ भने गरिमा शाहकाे नाम इञ्चार्जकाे लागि चर्चा छ।
पार्टीकाे मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह चयन भएकाे पनि पार्टीले जनाएकाे छ।