राष्ट्रपतिद्वारा आगामी २३ गते संघीय संसद्को अधिवेशन आह्वान

File photo
File photo

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को शनिबार बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ।



आगामी २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस

 

प्रकाशित मिति: : 2021-09-04 21:11:00

प्रतिकृया दिनुहोस्