बिहे गर्न सरकारी जागिरे केटा नै चाहिने!

सेतोपाटी

काठमाडौँ

'केटा राम्रो छ नि! अधिकृत छ, त्यो पनि सरकारी। जिन्दगी नै धन्न हुनी हो पछिपछि त।

फलाना हाकिमकी बुढी भन्लान् सबले। समाजमा इज्जत पनि प्रसस्तै पाइन्छ। नातागोतामा पनि कसैको छैन हाकिम ज्वाइँ। रवाफै छुट्टै हुन्छ। जिन्दगी सप्रिन्छ। उमेर छँदै गर्नुपर्छ बिहे भन्ने चिज।' आदि इत्यादिजस्ता कारण देखाइ कन्भिन्स गरिन्छ हाम्रो समाजमा बिहेका लागि। 

लगभग यस्ता कुरा सबै केटीलाई सुन्नुपर्ने हुन्छ। मलाई पनि सुन्नु पर्छ। सबैको अभिभावकले आफ्नो छोराछोरीले राम्रो जीवनसाथी पाउन भन्ने चाहन्छन्।

मेरो  हजुरआमालाई पनि धोको छ मेरो बिहे  हेर्ने। राम्रो ज्वाइँ हेर्ने। नातिनातिना खेलाउने। झन् त्यसमा केटो सरकारी जागिरे छ भने त उहाँलाई यो केटा नै नेपालको अन्तिम सरकारी जागिरे हो कि जस्तो लाग्छ। मरिहत्ते गर्नुहुन्छ मेरो बिहेको लागि।

पहिला-पहिला त त्यति ध्यान नै दिन्नथें यो भाराभुरे कुरामाथि। हावा हो भन्थे। तर पछिपछि यही भाराभुरे कुरा नै हाम्रो समाजमा जरो गाडेको तीतो सत्य हो जस्तै लाग्न थाल्यो। 

प्रकाशित मिति: : 2021-09-04 19:12:00

प्रतिकृया दिनुहोस्