मन्दिर संस्थापकदेखि पुजारीसम्म दलित महिला

अनलाइनखबर

काठमाडौँ
फाइल तस्वीर
फाइल तस्वीर

उनी हरेक विहान सबेरै उठ्छिन्, नुहाइधुवाई गरेर मन्दिर पुग्छिन्। धुपबत्ती सल्काएर पालैपालो नाग, शिव र गणेशको पूजा गर्छिन् अनि बिभिन्न मनोकांक्षा लिएर मन्दिर आउने भक्तजनलाई टीका लगाइदिन्छिन्। उनको दिनचर्या यसैगरी चलेको छ।

उनी हुन्– दाङको घोराही उपमहानगरपालिका–१८, मसिनास्थित नागेश्वर पार्वती मन्दिरकी पूजारी रीता नेपाली। हिन्दुहरुको आस्थाको केन्द्र यो मन्दिरमा दलित समुदायकी उनी पुजारी बनेको एक वर्ष भयो।

मन्दिर आउने हरेक जातजातिका भक्तालुहरुले उनकै हातबाट टीका ग्रहण गर्छन्। माता भनेर आशिष लिन्छन्। मन्दिरमा पूजारीको भूमिका निर्वाह गरिरहँदा कोही, कसैले जातीय छुवाछुतको कुरा गरेको तीतो अनुभव उनीसँग छैन । यो मन्दिरमा आउने भक्तजनमा ब्राहमण समुदायकै बाहुल्य छ।

दलितलाई अछुत भनेर विभेद गरिने समाजमा दलित समुदायकी रीता नेपाली कसरी पूजारी भइन् त ? यसको उत्तर पार्वती विकसँग जोडिन्छ, जो यो मन्दिरको संस्थापक र पुजारी थिइन्।

पाँच वर्षअघि पार्वती विकले सपनामा नाग देखिन् र त्यही दिनबाट बेस्सरी काम्न थालिन्। काम्दै हिँडेकी उनी मसिनामा आएर नागको पूजा गर्न थालिन्। त्यसक्रममा उनी काप्दै सर्पझैं भुइँमा घस्रन्थिन्। गाउँलेहरुलाई लाग्यो, यो त दैवी शक्ति हो। अनि उनलाई ‘माता’ मानेर मन्दिर बनाइदिन सिंगो समुदाय जुट्यो।

‘यसरी माता पार्वतीको लागि मन्दिर बन्यो,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रहेका ज्ञानबहादुर रायमाझी भन्छन्, ‘समुदायबाटै आर्थिक सहयोग जुटाएर मन्दिर बनायौं।’

प्रकाशित मिति: : 2021-09-04 15:08:00

प्रतिकृया दिनुहोस्